काठमाडौं। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्यले आज पनि रेकर्ड राखेको छ । अघिल्लो दिन बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ७१ सय रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो । बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो । आज सुनको मूल्य तोलाको २ लाख ५८ हजार रुपैयाँ तोकिएको छ ।
शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।