मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कुष्ठ रोग कम भएपनि उन्मुलन भइसकेको छैनः प्रधानमन्त्री ओली

Nagarik Sewa 4868+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

काठमाडौं। बिहीबार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुष्ठ रोग कम भएपनि उन्मुलन भइनसकेको बताउनुभएको छ। उहाँले सिंगै नेपाललाई निरोगी नेपाल बनाउन सरकारले चाहेको भन्दै रोग लाग्ने परिस्थिति आउनै दिन नहुने बताउनुभयो।

‘कुष्ठ रोगको स्थिति नेपालमा सारै भयावह छ भन्न मिल्दैन’, प्रधानमन्त्रीले भन्नुभयो, ‘किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार राष्ट्रियस्तरमा कुष्ठरोग नियन्त्रण भएको मान्नुपर्दछ, जबकि १० हजारमा एकभन्दा तलै छ ।’ यो आँकडालाई उन्मुलन भएको मनिएपनि सन्तोष मान्न सक्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाइ छ । 

‘हाम्रो देशमा कुष्ठ रोग उन्मुलन भएको छैन । मधेस, लुम्बिनी र कोशी प्रदेशमा अलि बढी असर रहेको छ’,प्रधानमन्त्रीको भनाइ छ । उहाँले कुष्ठरोगको निवारण गरिछाड्ने प्रयासलाई प्रभावकारी ढङ्गले अघि बढाउन जरुरी भएको पनि बताउनुभयो। 

कुष्ठरोगलाई आयुर्वेदिक औषधीबाट समेत निको पार्न सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीले खानालगायतका विषयमा ध्यान दिन सक्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार