मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

मोटरसाइकल चोरी गरेर भागिरहेका युवक टिपरको ठक्करबाट गम्भीर घाइते

Nagarik Sewa 4866+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

काठमाडौं । काठमाडौंमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। गएराति १२:४५ बजे काठमाडौं महानगरपालिका-०३ नारायणगोपाल चोकनजिक नयाँ बसपार्कबाट जाँदै गरेको बा ४ ख १२०३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदैं गरेको बा.प्र-०२-०४१  प ३९३८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार टिपरसँग ठोक्किएपछि मोटरसाइकल चालक धादिङको गजुरी गाउँपालिका-०७ का २० वर्षीय दर्तामान तामाङ गम्भीर घाइते भएका छन्।

उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको निधार, घाँटी र नाकमा चोट लागेको पनि प्रहरीले जनाएको छ। दुर्घटनाको प्रारम्भिक अनुसन्धानबाट दार्तारामले चलाएको मोटरसाइकल चोरीको भएको पाइएको एसपी बोहराले जानकारी दिए।

दार्तारामले गएराति नै शंखरापुर नगरपालिका-७ साँखुबाट उक्त मोटरसाइकल चोरी गरेको भेटिएको छ। मोटरसाइकल धनी अनील स्याङ्बो सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ।

चोरी गरेर भाग्दै गर्दा मध्यराति दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात टिपर चालक भने फरार छन्। टिपरका साहु नुवाकोट ककनी गाउँपालिका-२ का उत्तम घिमिरे सम्पर्कमा आएको एसपी बोहराले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार