डिजिटल वालेटमा दैनिक ४० कारोबार गर्न सकिने

Nagarik Sewa 4507+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

काठमाडौं। नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘डिजिटल वालेट’मा हुने दैनिक कारोबारको संख्या बढाएर ४० पुर्‍याइएको छ। चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने सङ्ख्यालाई बढाएको छ। यसअघि वालेटहरूमा दैनिक १० पटक मात्रै रकम जम्मा गर्न सकिने प्रावधान थियो ।

राष्ट्र बैंकका अनुसार दशैं–तिहार र छठसम्म अब सेवाग्राहीले दैनिक ४० पटकसम्म रकम जम्मा गर्न सक्ने छन् । अब सेवाग्राहीले दशैंको अवसरमा असोज १३ देखि असोज २१ गतेसम्म, तिहार र छठका अवसरमा कात्तिक ३ देखि कात्तिक १० गतेसम्मका लागि व्यक्तिको वालेटमा दैनिक ४० पटकसम्म रकम जम्मा गर्न सक्ने छन् । यस अवधिभर भएको कारोबारको सङ्ख्या र कारोबारको कुल रकम केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागमा जानकारी गराउन पनि भुक्तानी सेवा प्रदायकलाई संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार