काठमाडौं । स्थानीय बजारमा मंगलबार (वैशाख १५) सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घटेको छ ।
छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ५०० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार (वैशाख १४) छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पाँच हजार ४५ रुपैयाँ रहेको प्रतितोला चाँदीको मूल्य घटेर चार हजार ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।