मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

देशभरमा लागुऔषध सहित १६ जना पक्राउ

Nagarik Sewa 4868+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

काठमाडौं। बिहीबार देशका विभिन्न भागबाट लागुऔषधसहित नेपाल प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। काठमाडौं नगरपालिका गोङ्गबु मित्रनगरबाट दुई जना, दाङको घोराही उपमहानगरपालिका १३ राधाकृष्ण टोलबाट, एक लम्कीचुहा नगरपालिका ४ कौवापुरबाट एक, रुपन्देहीको रोहिणी ४ सेमरहबाट एक र सोही पालिकाको वडा नम्बर ६ छिपागणबाट एक जनालाई पक्राउ गरिएको हो। 

यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका २ फुटाहबाट एक, झापाको गौरादह नगरपालिका १ डिपुचोकबाट एक, भद्रपुर नगरपालिका ५ मेचीपुलबाट तीन, मोचीनगर नगरपालिका ६ काँकडभिट्टा बसपार्कबाट एक र मोरङको उर्लाबारी नगरपालिका ७ बाट एक जनालाई पक्राउ गरिएको छ। प्रहरीचौकी मूलघाटबाट परिचालन भएको प्रहरी टोलीले ४४ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको जनाइएको छ।  केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार