मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |
मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |


एमाले निकट प्रेस चौतारीले भन्यो 'ओलीको पासपोर्ट रोक्का हल्ला मात्रै'

Nagarik Sewa 4868+ समाचार ( )
१५ अशोज २०८२, बुधवार

काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालले निवर्तमान प्रधनमन्त्री केपी शर्मा ओली सहितका व्यक्तिहरूको राहदानी रोक्काको निर्णयलाई मिडिया ट्रायलका संज्ञा दिएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रेस विज्ञप्ति निकालेर यस्तो टिप्पणी गरेका हुन् ।

‘जाँचबुझ आयोगको सिफारिस भन्दै सरकारले एकातिर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूको राहदानी रोक्काका लागि सिफारिस गरिएको भनी प्रतिशोध र पूर्वाग्रहका आधारमा मिडिया ट्रायल गरिरहेको छ ।’ यसअघि मंगलबार एमाले निकट राष्ट्रिय युवा संघले समेत विज्ञप्ति निकालेर एमालेका अध्यक्ष ओली र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने चेतावनी दिएको थियो ।

युवा संघका अध्यक्ष क्षितिज थेवेले प्रेस विज्ञप्ति निकालेर भनेका थिए, ‘प्रतिशोधयुक्त क्रियाकलापमा सरकारलाई अग्रसर नहुन हामी जोडदार माग गर्दछौं र यसप्रकारका गतिविधि वर्तमान सरकारलाई प्रत्युत्पादक हुने कुरामा समेत सचेत गराउन चाहन्छौं ।’

बुधबार एमाले निकट प्रेस चौतारी नेपालले समेत प्रेस विज्ञप्ति निकालेर निवर्तमान प्रधानमन्त्री ओली सहितका व्यक्तिहरूको राहदानी रोक्काको निर्णयलाई मिडिया ट्रायलका संज्ञा दिएको हो ।

एकातर्फ राहदानी रोक्काको निर्णय गरेर मिडिया ट्रायल गर्ने र अर्कोतर्फ भदौ २४ गतेको विध्वंसकारी घटनामा संलग्न दोषीहरूलाई जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कारबाही अगाडि नबढाउनु भनी गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिएर सरकारले दोहोरो चरित्र देखाइरहेको प्रेस चौतारीको निष्कर्ष छ ।

सरकारको यस प्रकारको निर्णय र निर्देशनले विधिको शासनको खिल्ली उडाउनुका साथै अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको कानुनसम्मत क्षेत्राधिकारमाथि समेत हस्तक्षेप गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अपराधीहरूको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक कार्य सच्चाउन र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न हामी ध्यानाकर्षण गराउन चाहन्छौं,’ प्रेस चौतारी नेपालले भनेको छ ।

यसका साथै प्रेस चौतारी नेपालले जेनजी पुस्ताले उठाएका मागप्रति संवेदनशील बन्न तथा निर्वाचनको वातावरण बनाउन वर्तमान सरकारलाई आग्रह गरेको छ । ‘जेनजी आन्दोलनको भावनालाई ध्यान दिँदै नयाँ पुस्ताको विचार सुन्ने, छलफल गर्ने जस्ता कार्यमा क्रियाशिल हुन पनि राजनीतिक दलहरुलाई आग्रह गरिएको छ ।

गौरीबहादुर कार्कीको राजीनामा माग

प्रेस चौतारी नेपालले भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा अध्ययन गर्न गठित आयोगमाथि समेत प्रश्न उठाएको छ । बिना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै अपराधी करार गर्नेगरी आपत्तिकजनक कार्य गरिरहेको भनेर आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सबैजसो विषयमा निष्कर्ष निकाल्दै फैसला नै गरिसकेको व्यहोरा सामाजिक सञ्जालमा आइरहेका छन् ।’

यो पृष्ठभूमि देखाएर प्रेस चौतारी नेपालले आयोगको अध्यक्षबाट गौरीबहादुर कार्कीको राजीनामा मागेको छ ।

कुनै पनि जाँचबुझ आयोगमा रहने व्यक्ति तटस्थ र निष्पक्ष हुनुपर्नेमा कार्कीको पक्षधरता देखिएको आरोप लगाउँदै प्रेस चौतारी नेपालले लेखेको छ, ‘यस्ता जाँचबुझ आयोगमा निष्पक्ष र तटस्थ व्यक्तिहरूले नेतृत्व गर्नुपर्दछ । तसर्थ, अध्यक्ष कार्कीको भूमिका प्रथम दृष्टिमै शंकास्पद देखिएकाले नैतिकताका आधारमा राजीनामा दिन माग गर्दछौं ।’

प्रेस चौतारी नेपालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको गोली प्रहारको घटनाको निष्पक्ष छानबिन पनि माग गरेको छ । भदौ २४ गते आन्दोलनलाई दुरुपयोग गरी भएको घुसपैठ, राष्ट्रिय तथा व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण, लुटपाट तथा आगजनीको घटनाको छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने बताएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार