बबरमहलमा खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु

Nagarik Sewa 4387+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

काठमाडौं। बुधबार नेपाल विद्युत् प्राधिकरणले बिजुली तार भूमिगत गर्नका लागि ‘ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप गए रातिदेखि मर्मत कार्य सुरु गरिएको छ ।  

काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । उनले भने, 'पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौँ । मर्मत सकिएपछि पानी वितरण प्रक्रिया सुरु गर्ने छौँ ।'

विद्युत्‌का तार भूमिगत गर्नका लागि ‘ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार