देशलाई समाजवादमा लैजान कम्युनिष्टबीचको एकता आवश्यक रहेको अध्यक्ष नेपालको भनाई

Nagarik Sewa 4387+ समाचार ( )
१ मंगशिर २०८१, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिष्टबीचको एकता र सहकार्यमा जोड दिएका छन् ।

अक्टोबर क्रान्ति दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीकाे अन्तर्राष्ट्रिय विभागले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेपालमा कम्युनिष्टहबीचको एकता र सहकार्यले मात्रै नयाँ समाज निर्माण गर्न र मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताए ।

नेपाललाई कम्युनिष्टहरुको उर्वरभूमिका रुपमा लिनुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले विश्वभरका कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्दै नेकपा एस अघि बढिरहेको जानकारी दिए ।

नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास रहेको भन्दै उनले यसलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार