काठमाडौं। काठमाडौं चाबाहिलस्थित एवान क्याफेबाट भदौ ४ गते रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार जनक भनिने एकराज कार्कीलाई अश्लिल शब्द प्रयोग गरी गालीगलौज गरेको र कुटपिट समेत गरेको जाहेरीका आधारमा ४२ वर्षीय मोक्तानलाई पक्राउ गरिएको हो।
पक्राउ परेका मोक्तान दोलखाको बैतेश्वर गाउँपालिका ३ घर भई हाल सुकेधारा बस्दै आएका छन्। उनलाई प्रहरी वृत्त गौशालाबाट सादा पोसाकमा खटिएको टोलीले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए।