काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो।
सोमबार सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम रहेको छ। आइतबार पनि सुन यहीँ मूल्यमा कारोबार भएको थियो। चाँदीको मूल्य भने सामान्य बढेको छ।
आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज दुई हजार एक सय ७० रुपैयाँ पुगेको छ।