सुनको मूल्य स्थिर

Nagarik Sewa 4387+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

काठमाडौं। चार दिनमा प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ७ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ थियो । तर सोमबारसम्म आइपुग्दा सो मूल्य घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा झरेको छ । 

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँ बढेर २ हजार २ सय ९५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार