मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

मखन महादेवलाई आज रुद्राभिषेक गराइयो

Nagarik Sewa 4866+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं। हरेक वर्ष साउन १५ गतेको दिन बसन्तपुर क्षेत्रमा रहेको महेन्द्रेश्वर महादेव अर्थात मखन महादेवलाई आज रुद्राभिषेक (स्नान गराउने) र पूजा गर्ने चलन छ । यही चलनअनुसार आज बिहान महादेवको पूर्णकदको मूर्तिलाई दूध, दही, मह मिश्रित पञ्चामृतले स्नान गराइएको छ । यहाँ हरेक वर्ष साउन १५ गते ‘दुग्ध स्नान’सहित विशेष पूजा गरिन्छ ।

सानो पशुपति’ र ‘मखन महादेव’ भनेर पनि चिनिने सो मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा पूजा गर्नेहरुको घुइँचो लाग्दछ । राजा महिन्द्र मल्लले नेपाल सम्बत ६७४ मा पशुपतिनाथको जस्तै मन्दिर बनाई ‘महेन्द्रेश्वर महादेव’ प्रतिस्थापन गराएका थिए । किंवदन्ती अनुसार राजा महिन्द्र मल्ल दिनहुँ पशुपतिनाथ मन्दिर धाई भक्ति गरेको देखेर शिव प्रसन्न भई राजाले भनेकै स्थानमा आएर बसिदिने वरदान दिएअनुसार ‘महेन्द्रेश्वर महादेव’ मन्दिर बनाएका थिए ।

बसन्तपुर दरबारको उत्तर दिशामा अवस्थित यो मन्दिर विक्रम संवत् १९९० को भूकम्पमा भत्किएको थियो । विक्रम संवत् १९९५ मा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले त्यसको जिर्णोद्वार गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार