मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

धनुषा एमाले जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट

Nagarik Sewa 4875+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

जनकपुरधाम। नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ। केही उम्मेदवारमा दावी विरोध परेको र सोही विषयलाई लिएर लफडा बढेको बताइएको छ । विवादका कारण मतदान प्रक्रिया अहिले रोकिएको छ । आज बिहान ८ बजेदेखि नै मतदानको कार्यतालिका प्रकाशन गरिएको थियो । तयारी नपुगेको भन्दै बिहान १० बजेका लागि सारियो । तर, लफडाले मतदान अनिश्चित भएको छ ।

 जिल्ला पदाधिकारीका लागि जिल्ला कमिटीमा वा भ्रातृ संगठनको केन्द्रीय कमिटीमा एक कार्यकाल बसेको हुनुपर्ने भएपनि विधान विपरीत परेको उम्मेदवारीमा दावी विरोधको उजुरी पर्दा पनि उम्मेदवारी खारेज नगरेको भन्दै विवाद भएको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए ।

निर्वाचन समितिले अधिवेशन निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउन नचाहेको उनले आरोप लगाए । उपसचिवमा उम्मेदवारी दिएका रुकाकुमारी मिश्र र लेखा समिति अध्यक्षका उम्मेदवार वीरेन्द्रलाल कर्णको मनोनयन पनि विधानविपरीत रहेको यादवको दाबी छ ।

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि दबाब दिन भन्दै उनीहरू अहिले हलभित्रै धर्नामा बसेका छन् । अधिवेशनस्थलमा कुर्सीसमेत तोडफोड गरिएको छ।

धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ । दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

मण्डल, अरगरिया र झासहितका नेताहरुको समूहले निर्वाचनमा धाँधली गराउन लागेको रघुवीरमाथि आरोप लगाएका छन् । रघुवीरतर्फबाट भोला यादवलाई अध्यक्षमा अधि सारिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार