मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

चैत १७ देखि सहकारीको अभिलेखीकरण बन्द हुने

Nagarik Sewa 4874+ समाचार ( )
९ चैत्र २०८२, सोमबार

काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सूचना जारी गर्दै चैत १७ देखि सहकारीको अभिलेखीकरण बन्द हुने जनाएको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण प्रक्रिया बन्द हुने भएको हो। 

प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ बमोजिम २०८२ मङ्सिर १० गतेदेखि सुरु भएको दर्ता अभिलेखीकरणको प्रक्रिया चैत १७ गतेसम्म मात्र रहने जनाएको छ। प्राधिकरणले सम्बन्धित सहकारी संस्थाहरूले तोकिएको समयावधिभित्रै निर्धारित दस्तुर बुझाएको बैंक भौचर र आवश्यक विवरणहरू अनलाइन प्रणालीमा प्रविष्ट गरिसक्नुपर्नेछ । 

यद्यपि, तोकिएको समय भित्र दस्तुर बुझाइसकेर पनि प्राविधिक वा अन्य कुनै कारणले पूर्ण विवरण प्रविष्ट गर्न बाँकी रहेका सहकारीहरूको हकमा भने प्राधिकरणले केही समय खुकुलो बनाएको छ । त्यस्ता संस्थाहरूले आगामी २०८३ वैशाख १७ गतेसम्म पूर्ण विवरण प्रविष्ट गरिसक्न पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार