मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

मन्त्री–सांसदलाई गाडी होइन, साइकल किनौँ :सांसद विश्वकर्मा

Nagarik Sewa 4881+ समाचार ( )
१८ असार २०८३, बिहीबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूलाई सवारीसाधनका रूपमा साइकलको व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेका छन् । सरकारले अर्बौं रुपैयाँको गाडी खरिद गर्न लागेको समाचार बाहिर आएको भन्दै उनले त्यसनिम्ति साइकल उपयुक्त हुने जिकिर गरे ।

बिहीबार (असार १८) राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद विश्वकर्माले अर्बौंको गाडी जलाएर खरानी बनाइएको बताए । फेरि अर्बौंको गाडी खरिद गर्ने तयारी गरिएको भन्दै उनले आपत्ति जनाए ।

नागरिक सिटामोल खान नपाएर मर्नु पर्ने अवस्था रहेका बेला सरकारले सुखसयल र मनोरञ्जनका निम्ति गाडी खरिद गर्न लागेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।

सांसद विष्णुबहादुर विश्वकर्माको भनाइ पढ्नोस्–

सुशासनको वैशाखीमा अडिएको हाम्रो सरकारले अर्बौंको गाडीहरू किन्दै छ भन्ने कुराहरू आइराखेको छ । अर्बौंको गाडीहरू जलाएर खरानी बनाएको छ । र, फेरि अर्बौंको गाडी किन्दै छ भन्ने खबरले सनसनी पैदा गराएको छ । आज सुकुम्वासीहरू खाना नपाएर तड्पिरहेका छन् । सिटामोल नपाएर मर्नु परिराखेको छ । ओत लाग्न नपाएर बिरामी परिरहेका छन् । यो अवस्थालाई नहेरेर आफ्नो सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्दै छ । यो विडम्बना हो । हाम्रो नयाँ सरकारले नयाँ काम भनेको अब मन्त्री, सांसदहरू जेनजी हुनुहुन्छ, साइकल किन्नुपर्‍यो अब । साइकल किनेर सरर हिँड्ने । साइकलमा जाने, साइकलमा नै आउने । बरु, चन्दाबाट पुनर्निर्माण भए सिंहदरबार पनि यहीबाट निर्माण होस् । म यहीँ भन्न चाहन्छु हाम्रो सरकारलाई । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार