४७औं पुष्पलाल स्मृति सप्ताहअन्तर्गत मोरङको बेलवारीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Nagarik Sewa 4387+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मोरङ जिल्ला समितिले ४७औं पुष्पलाल स्मृति सप्ताहको अवसरमा मोरङको बेलवारी नगरपालिका–४ स्थित देवीथान सामुदायिक वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आज आयोजित कार्यक्रममा फलफूलका ३०० बिरुवा रोपिएको हो।

जंगलमा जंगली जनावरका लागि आवश्यक खानेकुरा अभावका कारण ती जनावरहरू सडकमा निस्कँदा सवारी दुर्घटनाको जोखिम बढ्ने अवस्थालाई ध्यानमा राख्दै यो वृक्षारोपण गरिएको जिल्ला उपाध्यक्ष दीपक ढकालले जानकारी दिए। उनका अनुसार, फलफूलका विरुवा रोपणबाट जंगलमै आहाराको उपलब्धता बढाउने र जनावरलाई सडक क्षेत्रमा पुग्नबाट रोक्ने लक्ष्य राखिएको छ।

ढकालले आगामी पुष्पलाल स्मृति सप्ताहको अवसरमा मोरङ जिल्लाका राजमार्गसँग जोडिएका अन्य सामुदायिक वन क्षेत्रमा थप २,७०० वटा फलफूलका विरुवा रोपिने योजना रहेको पनि जानकारी दिए।

कार्यक्रममा वयोवृद्ध कम्युनिष्ट नेता हर्कमान तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै प्रदेश अध्यक्ष सरिता खड्का, केन्द्रीय सदस्य सेवन्तराज भण्डारी, प्रदेश समिति, जिल्ला अध्यक्षलगायतका पदाधिकारीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।









प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार