अब धरहरा दैनिक १२ घण्टा खुल्ने

Nagarik Sewa 4387+ समाचार ( )
३१ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। धरहरा अबदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ। साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए । 

उनका अनुसार, अब सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइनेछ । 'अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दै छौँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि अब खुला रहनेछ,' मन्त्रालयका प्रवक्ता मैनालीले भने ।

धरहरा अहिले दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्ममात्र खुला रहने गरेको छ ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार