सुनको मूल्यमा वृद्धि

Nagarik Sewa 4387+ समाचार ( )
२७ फाल्गुन २०८२, बुधवार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २७) सुनको मूल्य प्रतितोला २ हजारले बढेको हो । यस दिन उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १९ हजार रुपैयाँ खर्चिनुपर्नेछ ।

अघिल्लो दिन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।  यस्तै, चाँदीको मूल्य स्थिर छ । अघिल्लो दिनमा पाँच हजार ७२० रुपैयाँमा कारोबार भएकामा आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार