तोलामा ५ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4507+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

काठमाडौं। सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँ बढेर १ लाख ९३ हजार सातसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ९३ हजार दुईसय रुपैयाँ थियो।

गतसाताको सोमबारदेखि बिहीबारसम्म चार हजार रुपैयाँ घटेको सुनको मूल्य गएको शुक्रबारदेखि निरन्तर बढिरहेको छ। सुनको मूल्य शुक्रबार प्रतितोला सातसय, आइतबार तीनसय, सोमबार एक हजार र मंगलबार २९ सय रुपैयाँ बढेको थियो। 

आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमै स्तिर रहेको  महासंघले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार