७ हजार ८ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
६ चैत्र २०८२, शुक्रबार

काठमाडौं। शुक्रबार सुनको मूल्य तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ। 

अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँ घटेको छ। महासंघले आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन ५ हजार १० रुपैयाँ थियो।

गत माघ १५ गते सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको रेकर्ड छ। सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। रेकर्ड मूल्यबाट सुनको मूल्य करिब ४५ हजार रुपैयाँ घटिसकेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार