मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

‘हेल्थ प्रमोसन थ्रू रुटिन इम्युनिजेसन’को मूल्यांकन प्रतिवेदन सार्वजनिक

Nagarik Sewa 4875+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

काठमाडौं । परिवार कल्याण महाशाखाको नेतृत्व तथा वाटर एड नेपालको सहकार्यमा भएको ‘हेल्थ प्रमोसन थ्रू रुटिन इम्युनिजेसन’ कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०१४ मा जाजरकोट, बर्दिया, नवलपरासी र म्याग्दी गरी चार जिल्लामा पाइलट कार्यक्रमका रूपमा सुरु गरिएको थियो भने सन् २०१८ मा देशव्यापी विस्तार भएको थियो । 

कार्यक्रमले स्वास्थ्य र सरसफाइ क्षेत्रमा उल्लेखनीय सुधार  ल्याएको प्रतिवेदनमा उल्लेख छ ।  कार्यक्रमअन्तर्गत, खोप कभरेजमा वृद्धि, पखाला रोगको दरमा कमी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि भएको छ  ।  पाइलट चरणमै मुख्य स्वच्छता व्यवहार दुई प्रतिशतबाट बढेर ५३ प्रतिशत पुगेको देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, पखाला रोगको दर १५ प्रतिशतबाट घटेर पाँच प्रतिशतमा झरेको उल्लेख गरिएको छ । साथै खोप कभरेजमा सुधारसँगै ड्रपआउट तथा खोप खेर जाने दरमा समेत कमी आएको प्रतिवेदनमा उल्लेख छ । हाल कार्यक्रमले वार्षिक पाँच लाखभन्दा बढी अभिभावकसम्म पहुँच पुर्‍याउँदै आएको  छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार