काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताउनुभएको छ। शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
मन्त्री पौडेलले चस्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने उल्लेख गर्दै उनले उपचारसँग सम्बन्धित चस्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने घोषणा गर्नुभयो । उहाँले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरूको भन्सार छुट गर्ने व्यवस्था रहेको बताउनुभयो।
मन्त्री पौडेलले आँखाको उपचार सम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो। मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको बताउनुभयो।