मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

स्कटल्यान्डमा हुने सिरिजका लागि निक पोथास कन्सल्ट्यान्ट कोच नियुक्त

Nagarik Sewa 4868+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजका लागि दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथास कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको कन्सल्यान्ट कोचको रुपमा निकलाई नियुक्त गरेको जानकारी दिएको हो। निकले यसअघि श्रीलंका, वेस्ट इन्डिज र बंगलादेश लगायतका देशमा काम गरिसकेका छन्। निक सन् २०२४ सम्म बंगलादेशको टोली हेरिरहेका थिए।  उनको आगमनले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तयारीमा सहयोग पुग्ने आशा क्यानले गरेको छ। 

स्कटल्यान्डमा नेपालले नेदरल्यान्ड सम्मिलित त्रिकोणत्मक सिरिज खेल्नेछ। सिरिजका लागि नेपाली टोली स्कटल्यान्ड पुगिसकेको छ।  सिरिजअघि नेपालले स्कटल्यान्डमा नै स्कटल्यान्ड ए टोलीसँग दुई अभ्यास खेल खेल्नेछ। पहिलो अभ्यास खेल २९ मे मा र ३१ मे मा दोस्रो एक दिवसीय खेल खेल्ने तालिका छ।  अभ्यास खेलपछि नेपालले २ जुनमा स्कटल्यान्डविरुद्ध खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्नेछ। दोस्रो खेल ४ जुनमा नेदरल्यान्डविरुद्ध खेल्नेछ। ८ जुनमा स्कटल्यान्डसँग र १० जुनमा नेदरल्यान्डसँग खेल्ने तालिका छ। त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले स्कटल्यान्ड र नेदरल्यान्डसँग टी–२० सिरिज खेल्नेछ। 

नेपाली टोली

रोहित पौडेल (कप्तान) दीपेन्द्र सिंह ऐरि (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल छन्।

टी–२० आई सिरिजका लागि किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार