आज मन्त्रिपरिषद् बैठक बस्दै

Nagarik Sewa 4387+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

काठमाडौं। शुक्रबार बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री ओलीको चीन भ्रमण अगाडि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्दैछ। 

प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ गतेसम्म चीनको तियानमिन सहरमा हुने एससिओको शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहान तियानमिन प्रस्थान गर्दै हुनुहुन्छ। उहाँले सोही दिन साँझ चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक लगत्तै दिउँसो १ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। यसैगरी, प्रधानमन्त्री ओली दिउँसो सवा ३ बजे राष्ट्रिय खेलकुद परिषद्को ३२औँ वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार