रास्वपाले संसद गतिरोध अन्त्यका लागि अघि सार्यो ५ बुँदे प्रस्ताव

Nagarik Sewa 4387+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को गतिरोध अन्त्यका लागि ५ बुँदे प्रस्ताव अघि सारेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि नेकपा माओवादी केन्द्र, रास्वपा लगायत प्रतिपक्षी दलहरुले संसद्मा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन् । 

संसद्को गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षी दलहरुबिच छलफल भएपनि हालसम्म संदस्को सुचारु हुन सकेको छैन । यसैबीच सोमबार रास्वपाले संसद्को गतिरोध अन्त्यका लागि पाँच बुँदे प्रस्ताव अघि सारेको हो । 

सहमतिका प्रस्तावित बुँदा

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी नेपाल सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने ।

२. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रत्यक्ष संवैधानिक क्षेत्राधिकारमाथि अतिक्रमण नगरी विगत केही वर्षहरुमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानविन समिति गठन गर्ने जसले तालिकासहित सम्माननीय प्रधानमन्त्री मार्फत आएको सरकारी प्रतिबद्धताको अनुगमन गर्न सर्वपक्षीय सांसदहरु सम्मिलितको रुपमा पनि काम गर्ने ।

३. छानविन समितिको कार्यक्षेत्र ९त्इच्०, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्ने । कार्यसम्पादन समितिले छानविन समितिको कार्यविधि ५ ९पाँच० दिन भित्र तय गरी समिति गठन गर्ने ।

४. छानविन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानविन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र निम्न कार्यहरूमा समिति केन्द्रित हुनेस्

४.१. नीतिगत एवं प्रणालीगत कमजोरीहरूको पहिचान र विश्लेषण ९भिजिट भिसा, श्रम स्वीकृति, अध्यागमन, आदि० ।

४.२. मानव तस्करी र संगठित अपराधसँग सम्बन्धित व्यक्ति र संस्थाहरुको अवैध संजालमाथि अध्ययन र अनुसन्धान ्र

४.३. पीडितको संरक्षण र पीडितमैत्री पुनर्स्थापनाका लागि प्रशासनिक एवं न्याय प्रणालीबारे सुझाव ।

४.४. अन्तर निकाय समन्वय र सहकार्यबारे सुधार सिफारिस ्र

४.५. राजनीतिक प्रशासनिक जवाफदेहिता र कर्तव्यवोध ९लयल(मभचभष्अितष्यल या मगतथ० खोज्दै गृहमन्त्रीको राजीनामाबारे निर्णय ।

५. छानविनन समिति गठन, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शिताको उच्च मापदण्ड अपनाइने । यस सहमति पत्रको उद्देश्य, देशमा सुशासन, उत्तरदायित्व र न्यायिक प्रक्रिया सुदृढ गर्दै नागरिकको विश्वास पुनःस्थापना गर्नु हुँदा यस्ता संवेदनशील विषयहरूमा राज्यका सबै अंगहरू मिलेर काम गर्ने प्रतिबद्धता जनाइन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै