मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

मधेसको पानीको समस्या समाधानका गर्न प्रत्येक पाँच किलो मिटरमा पोखरी निर्माण गर्नुपर्छः वामदेव गौतम

Nagarik Sewa 4868+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले बिहीबार राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै तराई मधेसमा देखिएको पानीको समस्या समाधानका लागि प्रत्येक पाँच किलो मिटरमा पोखरी निर्माण गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। उहाँले पानीको समस्या समाधानका लागि पोखरी निर्माणको प्रस्ताव गर्नुभएको हो। 

‘ठोरीको नहरबाट आठ जिल्लामा जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ लगेर पानी रिचार्ज गर्न सकिन्छ । ५ ६ दिनसम्म रिचार्ज गर्ने हो भने गहिराइको आधारमा खर्च पनि त्यही किसिमले गर्ने । राजमार्गभन्दा दक्षिणतर्फ हरेक पाँच किलोमिटर पोखरी निर्माण गर्ने । आठ जिल्लामा ४० वटा पोखरी निर्माण गरौँला । जहाँ–जहाँ पानी जम्मा गर्न सकिन्छ जम्मा गर्दै जाने । यसका लागि २५ ३० हजार कामदार खटाउन सक्यौँ भने दुईरतीन महिनामा हामीले परिणाम दिन सक्छौँ’, उहाँले भन्नुभयो। 

‘मलाई शङ्का के लागेको छ भने भारतले नेपालको सिमानामा रहेको १० २० किलोमिटर जमिनको पानी सबै खिचेको छ । समस्या त उसलाई पनि छ । झन् बढी समस्या भारतलाई छ । त्यसकारण त्यहाँ हेर्न जानुपर्छ । जासुसी तरिकाले अध्ययन गर्न जानुपर्छ’, गौतमले भन्नुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार