भारतमा बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु

Nagarik Sewa 4387+ समाचार ( )
१० पौष २०८२, बिहीबार

काठमाडौं। भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु गएको छ भने २४ जना घाइते भएका छन्। नेशनल हाइवे–४८ मा गएराति २ बजे बस दुर्घटना भएको बीबीसी हिन्दीले जनाएको छ ।

चित्रदुर्गका जिल्ला अधिकारी ९डीसी० का अनुसार बेंगलुरुबाट गोकर्णतर्फ जाँदै गरेको स्लीपर कोच बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एक आपसमा ठोक्किएका थिए। दुर्घटनापछि बसमा आगो लागेको समाचारमा जनाएको छ ।

बसमा ३२ जना यात्रु सवार रहेको र अहिलेसम्म ११ जनाको शव पहिचान भइसकेको अधिकारीहरुले बताएका छन् । घाइतेहरुलाई अस्पतालमा लगिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको खबरमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार