मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

काठमाडौं जिल्ला प्रशासनद्वारा युवा संघलाई मोटरसाइकल र्‍याली तथा सभा गर्न रोक

Nagarik Sewa 4868+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ । युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली आयोजना गर्ने घोषणा गरेको थियो । युवा संघ अध्यक्ष क्षितिज थेबेले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्‍याली निकाल्ने सूचना जारी गरेका थिए । 

तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने उल्लेख छ ।

सूचनामा थप लेखिएको छ, ‘यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार