काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन हुनुले नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको टिप्पणी गर्नुभएको छ।
कोइरालाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै भण्डारी सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको उल्लेख गर्दै आगामी राजनीतिक यात्राका लागि शुभकामना समेत दिनुभएको छ।
उहाँले लेख्नुभएको छ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीजी को सक्रिय राजनीतिमा पुनरागमनले सम्पुर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको ब्यक्तित्व हुनुहुन्छ । उहाँलाई आगामी राजनीतिक यात्राको लागि हार्दिक शुभकामना ।