काठमाडौं। सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार १.८३ अंकले बढ्दा समग्र नेप्से २५ ९५.९६ विन्दुमा बन्द भएको छ । अघिल्ला ३ कारोबार दिन दोहोरो अंकले घटेको नेप्सेमा बुधबार झिनो सुधार भएको हो ।
उक्त दिन कारोबारमा आएकामध्ये १२४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १०८ वटाको घट्यो भने बाँकी १० वटा कम्पनीको स्थिर रह्यो। ६३ हजार ३ सय ७४ पटकको कारोबारमा १ करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।
बुधबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये बैकिङ, वित्त, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र निर्जीवन बिमाको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढे ।