विद्या भण्डारीको नाम अगाडि ल्याएर एमालेभित्र विवाद सिर्जना गरिएको अध्यक्ष ओलीको दाबी

Nagarik Sewa 4387+ समाचार ( )
२० आश्विन २०८२, शुक्रबार

बार्सिलोना । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालेर नेकपा एमालेभित्र विवाद सिर्जना गर्ने नियोजित प्रयास भइरहेको आरोप लगाएका छन् । उनले यस्ता गतिविधिबाट पार्टीभित्र गलत सन्देश दिन खोजिएको बताए ।

स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ म्याड्रिडस्थित नेपाली राजदूत निवासमा युरोपस्थित नेपाली समुदायका प्रतिनिधिसँगको छलफलमा भने, ‘पछिल्लो समय मेराविरुद्ध विद्या भण्डारी–विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ । उहाँले आफैं केही भन्नुभएको छैन, अरूले उहाँको नाम अगाडि सारेका छन् ।’

उनले नेकपा एमाले परिपक्व र जिम्मेवार पार्टी भएको उल्लेख गर्दै आन्तरिक विषयहरू समाधान गर्न पार्टी सक्षम रहेको दाबी गरे । ‘देशबाट गरिबी हटाउनु छ, नेपाललाई आधुनिक र विकसित बनाउनु छ,’ उनले भने, ‘एमालेले विभिन्न उतारचढाव पार गरेको छ र अझ जिम्मेवार भएर अघि बढ्नेछ ।’

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसभित्र पनि विवादहरू रहेको जनाउँदै ती विषयको पनि समाधान आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार