काठमाडौं। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न पुगेका अधिवक्ता दिनेश त्रिपाठी रास्वपाका कार्यकर्ता मार्फत कुटिएका छन् । सहकारी पिडीतको तर्फबाट बहस गर्न पुगेका त्रिपाठीलाई अदालतबाट बाहिरिँदै गर्दा रविका कार्यकर्ताले कुटेका हुन् ।
लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले भने अदालत परिसरमा हो हल्लाका साथ नाराबाजी गरेका थिए । ‘मैले पीडितको पक्षबाट बहस गरेको थिएँ । ममाथि हातपात, कुटपिट भयो । मेरो ब्यागसमेत खोसिएको छ,’– त्रिपाठीले भने ।