मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात

Nagarik Sewa 4875+ समाचार ( )
१ असार २०८३, सोमबार

काठमाडौं । जर्मनीले विश्वकप २०२६ मा सानदार सुरूवात गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा गएराति कुरासाओ विरूद्धको खेलमा जर्मनीले ७ गोल गर्दै सानदार सुरूवात गरेको हो। चार पटकको विश्वविजेता विरूद्ध कुरासाओले एक गोल गर्‍यो। जर्मनीले पहिलो हाफमा तीन गोल गर्‍यो भने खेलको दोस्रो हाफमा चार गोल थप्यो।

जर्मनीका लागि काई हाभाजले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नाथनियल ब्राउन  र डेनिज उन्डाभले समान एक–एक गोल गरे। एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि खेलको २१ औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

त्यसपछि जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए । त्यसपछि खेलको पहिलो हाफको अत्तिरित्त समयमा हाभाजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता दिलाए।

त्यसैगरी मुसियालाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले खेलको  ६८औँ मिनेटमा अर्को गोल थपे । त्यस्तै खेलको ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाजले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे । यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै