मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

म भागेको छैनः दुर्गा प्रसाईं

Nagarik Sewa 4866+ समाचार ( )
१६ चैत्र २०८१, आइतबार

काठमाडौं। चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भिडियो सन्देश जारीगरेका छन् । 

प्रसाईंले भिडियो सन्देश जारी गर्दै आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन् । ‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईंहरूभन्दा टाढा छैन । म भागेको छैन । पुलिस प्रशासनले मलाई खोज्न पर्दैन । मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर बसेको हुँ । म भाग्नलाई जन्मेको होइन ।’

चैत १५ गतेको कार्यक्रम आफूहरूले शान्तिपूर्ण तरिकाले गर्न जाँदा आफूलाई मार्ने ठुलो योजना रहेको दाबी गरेका छन् । उनले भने, ‘लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, विदेश जाने पीडितलगायतको आवाजलाई उठाएर अघि बढाएपछि अब हामीले लडाइँ जित्छौँ, विद्रोह सफल हुन्छ भनेपछि विभिन्न भेसभुसामा युवा संघ र पुलिस प्रशासनका केही व्यक्ति सिभिल ड्रेसमा अर्काको घरमा चढेर घटना घटाइयो ।’

उनले आफूहरू कार्यक्रम स्थल पुग्नुभन्दा अघि नै स्टेजमा बाटोबाटै गोली र टियर ग्यास हान्न थालेको दाबी गरेका छन् । आफ्नै गाडीमा टियर ग्यास हानेपछि कि त यिनीहरूले मलाई पेरुको गोन्जालोजस्तो थुन्नुपर्‍यो कि त मार्ने षडयन्त्र गरेको हो भन्ने थाहा पाएपछि पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा मात्र पुगेको उनको जिकिर छ ।

‘प्रहरीलाई जति माया म जतिको कोही छैन । तपाईंलाई दुर्गा प्रसाईंले पेल्यो भन्ने लाग्यो होला । तर, मलाई लक्षित गरेर छतमा सार्प सुटरहरू राखिएको थियो । तीनकुने पुग्दा मेरो कानको छेवैबाट गोलीहरू गयो । त्यसपछि कसको रगत उम्लिँदैन । मैले पुलिस चित्त दुखाउने काम गरेको छैन । आफूलाई सुरक्षित राख्न मात्र घेरा तोडेको हुँ ।’

उनले आफूले कहिले पनि त्यहाँ घर जला भनेर नभनेको पनि बताएका छन् । प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै