मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

प्रभु बैंक लिमिटेड र मेडिप्लस हस्पिटलबीच विशेष छुट सम्झौता

Nagarik Sewa 4875+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

पोखरा l प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.बीच आफ्ना कर्मचारी र ग्राहकहरूलाई लक्षित गर्दै स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

 २०८२ साउन २९ गते आयोजित कार्यक्रममा, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेडका प्रमुख व्यवसाय केन्द्र अधिकृत (NBCO) राजु राना मगरले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार, प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकको डेबिट वा क्रेडिट कार्ड, वा बैंकका अन्य कुनै विद्युतीय माध्यममार्फत बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न सेवामा १० देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। यो सुविधा विशेषगरी बैंकका कर्मचारी र ग्राहकलाई अतिरिक्त हेरचाह प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो।

रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले उच्चस्तरीय स्वास्थ्य सेवा र आधुनिक सुविधा प्रदान गर्दै आएको छ। प्रभु बैंक र मेडिप्लस हस्पिटलबीचको यस साझेदारीले दुवै संस्थासँग सम्बन्धित ग्राहक र कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार