रुबी साह हत्या प्रकरणका आरोपी पासवानलाई जलेको अवस्थामा पक्राउ

Nagarik Sewa 4507+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

रौतहट। रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई जलेको अवस्थामा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवान आफैँले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन्।

माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैँचा–बिसुनपुरवा मानपुर जाने बाटोमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको छ। उनको टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको प्रहरी स्रोतले जनाएको छ। हाल उनको अवस्था गम्भीर रहेको बताइएको छ । 

गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक डोरीले बाँधिएको अवस्थामा २६ वर्षीय रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै