काठमाडौं । भोटेकोसी विपद्सम्बन्धी अनुगमनका लागि प्रतिनिधिसभाले विशेष समिति बनाएको १० दिनपछि राष्ट्रियसभाले पनि छुट्टै संसदीय समिति बनाउने भएको छ । यसअघि संघीय संसद्का संयुक्त समिति बनाउने छलफलले परिणाम नदिएपछि राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरू छुट्टै संसदीय अनुगमन विशेष समिति बनाउने निष्कर्षमा पुगेका थिए ।
बिहीबार राष्ट्रियसभाको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि छुट्टै अनुगमन समिति बनाएर काम गर्ने सहमति भएको सहभागीमध्येका एक संसदीय दलका नेताले जानकारी दिए ।
ती नेताका अनुसार, राष्ट्रियसभाको आजकै बैठकले नौ सदस्यीय अनुगमन समितिको घोषणा गर्नेछ । दलहरूले घोषणाअघि समितिमा रहने सदस्यको नाम दिने समझदारी भएको उनले जानकारी दिए ।