मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

१५ जना सहसचिवको सरुवा

Nagarik Sewa 4866+ समाचार ( )
२२ असार २०८३, सोमबार

काठमाडौं। मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। 

सरुवा सूचीअनुसार अर्थ मन्त्रालयमा कार्यरत केही सहसचिवहरूलाई बाहिर पठाइएको छ भने केही नयाँ अनुहार भित्रिएका छन्। अर्थ मन्त्रालयका श्यामप्रसाद भण्डारीलाई राष्ट्रपतिको कार्यालयमा र गजेन्द्र कुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भीष्मकुमार भुसाल र यमलाल भुसाललाई अर्थ मन्त्रालयमा पठाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालयमै सरुवा गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयका रामदत्त भट्टलाई प्रधनमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 

सरकारले मधेस, कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सचिवहरू पनि हेरफेर गरेको छ। परराष्ट्र मन्त्रालयका विन्देश्वर प्रसाद लेखकलाई मधेश प्रदेशमा अर्थका रमेश अर्याललाई गण्डकी प्रदेश र भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार