मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

इटालीमा पहिलोपटक सिटी–बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग आयोजना हुने

Nagarik Sewa 4874+ समाचार ( )
४ भाद्र २०८३, बिहीबार

काठमाडौं । इटालीमा पहिलोपटक सिटी–बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग आयोजना हुने भएको छ । नेपाली अन्तर्राष्ट्रिय पूर्वक्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग (ईपीएल)का संस्थापक आमिर अख्तर र इंग्ल्यान्डका पूर्वक्रिकेटर नदिम शाहिदको पहलमा ‘इटालिया टी–१० क्रिकेट’ आयोजना हुन लागेको हो । यी दुई क्रिकेटरले बेलायतमा खोलेको कम्पनी एपेक्स टी–१० लिमिटेडमार्फत प्रतियोगिताको आयोजना हुनेछ । 

इटालियन क्रिकेट महासंघको आधिकारिक समर्थनमा प्रतियोगिताको पहिलो संस्करण अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म रोममा  सञ्चालन हुनेछ । प्रतियोगितामा ६ वटा सिटी–बेस्ड फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । टी–१० फर्म्याटमा खेलाइने प्रतियोगितामा एक खेल करिब ९० मिनेटमा सकिनेछ । प्रत्येक टोलीले १० ओभर ब्याटिङ गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिताका खेलहरू ३० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारण गरिनेछ ।

नदिम शाहिदले इंग्ल्यान्डमा एसेक्स र सरेका लागि दुई दशकभन्दा बढी समय प्रथम श्रेणी क्रिकेट खेलेका थिए । इंग्ल्यान्ड ‘ए’ टोलीको समेत प्रतिनिधित्व गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य आमिर अख्तरले नेपालमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) स्थापना गरेका थिए । इटालीमा पनि टी–१० फ्रेन्चाइज क्रिकेटमार्फत स्थानीय खेलाडीको विकास र घरेलु क्रिकेटको स्तर उकास्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

इटालियन क्रिकेट महासंघले प्रतियोगितालाई औपचारिक समर्थन गर्दै आईसीसीबाट स्वीकृति लिने प्रक्रियामा समन्वय गरिरहेको जनाएको छ । क्रिकेट सन् २०२८ को लस एन्जलस ओलम्पिकमा पुनरागमन गर्ने तयारीमा रहेका बेला इटालीमा नयाँ फ्रेन्चाइज टी–१० लिगको सुरुआतलाई त्यहाँ क्रिकेटको विकासका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।इटालियन क्रिकेट फेडेरेसनका एक्स्ट्राअर्डिनरी कमिस्नर जियानफ्रान्को राभाले नयाँ प्रतियोगिताले इटालीमा क्रिकेटको व्यवस्थित, व्यावसायिक र दिगो विकासमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

आयोजकले ‘इटालिया टी–१० क्रिकेट’मार्फत इटालीमा क्रिकेटको लोकप्रियता बढाउनुका साथै स्थानीय खेलाडीका लागि नयाँ अवसर सिर्जना गर्ने र घरेलु प्रतियोगिताको स्तर उकास्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै