मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

दोहोरी साँझमा झगडा गरेको आरोपमा प्रहरीले सानुभाइ भनिने युवराज गुरूङ पक्राउ

Nagarik Sewa 4875+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं ।  काठमाडौंको ठमेलको दोहोरी साँझमा झगडा  गरेको आरोपमा प्रहरीले सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको छ। गएराति ठमेलको नगरकोट दोहोरी साँझबाट उनीसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।

‘दोहोरी साँझमा झैझगडा गरेको भनेर कन्ट्रोलमा खबर आएको थियो। हुलमुलमा नियन्त्रणमा लिँदा उनी पनि रहेको देखियो। अहिले अरूको स्क्रिनिङ भइरहेको छ,’ उनले भने। अहिले उनी पक्राउ परे पनि मुद्दा चल्ने/नचल्नेबारे यकिन भइसकेको छैन।सानुभाइविरूद्ध पुराना कुनै मुद्दा बाँकी रहे/नरहेको बारेमा पनि हेरिने उनले बताए।

नुवाकोट घर भएका सानुभाइ यसअघि पनि पटकपटक कुटपिटका घटनामा पक्राउ परेका थिए।  २०८० माघ ६ गते पनि ठमेलको एक क्लबको पार्किङमा एक पुरूषमाथि उनको समूहले कुटपिट गरेको थियो। उनी त्यतिबेला फरार भएका थिए।

त्यही साल असारमा पनि कुटपिटकै घटनामा पक्राउ परेका थिए। पछि उनी धरौटी बुझाएर छुटेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार