मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

सेयर बजारमा एकल अंकको करेक्सन

Nagarik Sewa 4875+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन सेयर बजारमा एकल अंकको करेक्सन देखिएको छ । अघिल्ला दुई दिन दोहोरो अंकले बढेको बजार आज ८ अंक भन्दा बढीले घटेको हो ।आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ८ दशमलव ३० अंकले घटेर २७४८ दशमलव ०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ३८ अंकले घटेर ४७७ दशमलव ५० विन्दुमा पुगेको छ । आज १३ परिसूचकमध्ये ३ उपसूचकको सेयर मूल्य मात्रै बढेको छ भने बाँकी १० उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०७ कम्पनीका १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८३ हजार १२८ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५४ कारोड ५५ लाख २५ हजार ३७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार