मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

नयाँ शक्तिबीचको एकताले मात्रै विद्यमान चुनौतीको सामना गर्न सकिन्छः ऊर्जामन्त्री घिसिङ

Nagarik Sewa 4868+ समाचार ( )
९ पौष २०८२, बुधवार

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले मुलुकको परिवर्तनलाई संस्थागत गर्न र सुशासन कायम गर्न सबै नयाँ शक्तिहरू एकजुट हुने बताउनुभएकाे छ। मन्त्री घिसिङले मन्त्रालयमा बुधबार १ सय दिनको कार्यकालकाे उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएहाे हाे। अहिलेसम्म कुनै पनि ठाउँमा सुशासनको विषयमा सम्झौता नगरेकाे उहाँकाे भनाइ छ। तलदेखि माथि सम्मका निकायहरूमा देखिएका समस्याहरूलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने र गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उहाँकाे जाेड छ।

उहाँले आफू मन्त्रीको हैसियतमा राजनीतिक क्षेत्रमा प्रवेश गरिसकेको र आगामी निर्वाचन मुलुकका लागि निर्णायक हुने बताउनुभयाे । उहाँले निर्वाचनमा जाँदा सबै नयाँ र प्रगतिशील शक्तिहरू मिलेर जानुको विकल्प नभएको उल्लेख गर्नुभएकाे छ। मन्त्री घिसिङले देशका लागि सबैले आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्ने र जस्तोसुकै परिस्थितिमा पनि मुलुकको हितलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयाे।

मन्त्री घिसिङले नयाँ शक्तिहरूबीचको एकताले मात्रै मुलुकमा देखिएका विद्यमान चुनौतीहरूको सामना गर्न सकिने दावी गर्नुभएकाे छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार