काठमाडौं। आज शुक्रबार सुनको मूल्य तोलाको २५ सय रुपैयाँले वृद्धि भएर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
हिजो बिहिबार एक तोला सुनको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघमा अनुसार यस दिन चाँदीको मूल्य तोलाको २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । हिजो एक तोला चाँदीको मूल्य २ हजार ४ सय ८० रुपैयाँ थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ९० देशमा भन्सार शुल्क बढाएका छन् । ट्रम्पको नीतिले विश्वको आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा समेत असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोही कारण अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढ्दो क्रममा छ ।