काठमाडौं। आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएका छन्। काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू हटाइएसँगै आन्दोलनका कारण अस्तव्यस्त बनेको जनजीवन सामान्य बन्दै गएको छ।
केही सार्वजनिक यातायातहरू शनिबारदेखि नै आंशिक रूपमा सञ्चालनमा आए पनि आइतबारदेखि भने चक्रपथसहित भित्री सडक र उपत्यका बाहिर पनि सेवा सुरु भएको छ। यातायात सहज भएसँगै आम सर्वसाधारणले ठूलो राहत महसुस गरेका छन्। सार्वजनिक यातायातसँगै होटल, किराना पसल र सरकारी कार्यालयहरू पनि क्रमशः सञ्चालनमा आउन थालेका छन्।