मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

यस वर्ष वन डढेलोका घटनामा कमी आउँछः वन मन्त्रालय

Nagarik Sewa 4881+ समाचार ( )
९ चैत्र २०८२, सोमबार

काठमाडौं। वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष वन डढेलोका घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभएको छ। सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी एक कार्यक्रममा बोल्दै उनले हिउँदे वर्षाका कारण वनमा डढेलो लाग्ने प्राकृतिक सम्भावना घटेको बताउनुभएको हो।

सचिव शर्माका अनुसार पुस र माघ महिनामा भएको वर्षाले वन क्षेत्रको माटोमा चिसोपन बढाएको र पातपतिङ्गरहरू कुहिने प्रक्रिया सुरु भएकाले डढेलोका लागि आवश्यक इन्धन कम भएको छ। ‘हाम्रो अनुभवमा जनवरीको अन्त्यतिर वा हिउँदमा राम्रो वर्षा भयो भने त्यो वर्ष वन डढेलोका घटना कम हुन्छन्,’ उनले भने, ‘यसपटकको वर्षाले पातपतिङ्गरलाई कुहाउने र माटोले ओस सोस्ने भएकाले आगलागीको जोखिमलाई धेरै हदसम्म घटाएको छ।’

यद्यपि, प्राकृतिक रूपमा जोखिम कम देखिए पनि मानवीय लापरवाही वा आकस्मिक घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न उत्तिकै चनाखो हुनुपर्नेमा उनले जोड दिनुभएको छ। कतिपय क्षेत्रमा डढेलोको जोखिम कम भए पनि असावधानीका कारण हुने सानो आगलागीले ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले सुरक्षा सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो। तापक्रमको वृद्धि र जलवायु परिवर्तनका अन्य उतारचढावले पनि आगलागीका घटनालाई प्रभाव पार्ने उहाँको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार