काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशनको बन्दसत्र भृकुटिमण्डपमा सुरु भएको छ। बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण सरेर दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो । हिजो भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो । बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरिएको छ ।