२०.६८ अंकले घट्यो नेप्से

Nagarik Sewa 4387+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

काठमाडौं। सेयर बजार परिसूचक (नेप्से) आज सोमबार २०.६८ अंकले घटेको छ। योसँगै बजार परिसूचक २७५१.४२ विन्दुमा ओर्लिएको हो । आज बजारमा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १० अर्ब रुपैयाँको कारोबार भएको थियो। 

आज बजारमा ४४ कम्पनीको मूल्य बढेको छ । १९२ कम्पनीको मूल्य घटेको छ भने बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज नेष्डो लघुवित्त, गार्डियन लाइफ र विन नेपाल लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, उपकार लघुवित्त र सिक्लेस हाइड्रोपावरको सेयर सबैभन्दा धेरैले घटेको छ । 

बजारमा आज अन्य समूह बाहेक सबै समूहको सूचक घटेको छ । हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरिङ र ट्रेडिङ समूहमा १ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । बढेको अन्य समूहमा झिनो वृद्धि मात्रै देखिएको छ । कारोबार रकमका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको ७३र७३ करोड रुपैयाँको कारोबार भयो । कारोबार सङ्ख्याका आधारमा भने आज पनि गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो भने कारोबार भएको सेयर संख्याका आधारमा घलेम्दी हाइड्रोवापर अगाडि रह्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार