कारागारमा महिला कैदी मृत फेला

Nagarik Sewa 4387+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

काठमाडौं। बुधबार बिहान मोरङको कारागारको शौचालयमामा १ जना महिला कैदी मृत फेला परेकी छन्। मोरङकी डिएसपी कोपिला चुडालका अनुसार मृतक कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेकी ३२ वर्षीया राधा भट्टराई हुन्। 

महिला कैदीबन्दी राखिने जेलको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको डिएसपी चुडालले बताइन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की भट्टराई यसअघि आफ्ना बालबच्चासहित सप्तकोशी नहरमा हामफालेकी थिइन्। आफ्ना दुई नाबालक सन्तानसहित नहरमा हाम्फालेकी उनी र एक बच्चाको उद्धार भएको थियो भने एक जना बच्चाको मृत्यु भएको थियो।

आफ्नै बच्चाको मृत्यु भएपछि उनीमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो। सुनसरी जिल्ला अदालतले उनलाई २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो। उनी २०८० माघ ५ गतेदेखि विराटनगरस्थित मोरङ कारागारमा थिइन्।  कारागार प्रशासनका अनुसार उनी अरू कैदीहरूसँग सधैं मर्ने कुरा गर्ने, एक्लै बस्ने, कोहीसँग नबोल्ने समस्याले पनि पीडित थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार