नेपाल—भारतबीच सुपुर्दगी सन्धी हुन लागेको भन्दै सरकारको जवाफको माग

Nagarik Sewa 4507+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले नेपाल—भारतबीच सुपुर्दगी सन्धी हुन लागेको भन्दै सरकारको जवाफको माग गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि हमला हुने बताउँदै यसबारे सरकारसँग जबाफ  मागेका हुन्।

'अहिले मैले के सुनिरहेको छु भन्दा सुपुर्दगी सन्धी नेपाल र भारतका बीचमा हुँदैछ। सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेछ। यो कुरामा नेपालका सबै देशभक्तहरु सचेत हुन जरुरी छ। कोशी उच्चबाँधको कुरा आइरहेको छ। यो कुरा कसरी आउँदैछ भन्नेकुरा नेपाली जनताले पहिला थाहा पाउनुपर्छ। नेपालका सबै राजनीतिक दलहरुले पनि थाहा पाउनुपर्छ। नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन?,' उनले भने।

उनले यी विषयहरू नेपालको राष्ट्रिय हितमा छ की छैन भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको बताए। 'हामीले कोही सम्झौता, शारदा सम्झौता, गण्डक सम्झौता गर्‍यौं। पछि टनकपुर सम्झौता गर्‍यौं, ती कुनैपनि नेपालको राष्ट्रिय हितमा भएनन्। यसो हुनाले नेपालको राष्ट्रिय हितलाई ज्ञारेन्टी गर्ने कुरालाई ध्यानमा राखेर मात्रै कुनै पनि ठूला उच्च बाँधहरु बाँधिनुपर्छ,’ उनले भने।

सम्मानीत नेता खनालले आमाको नाम मात्रै राखेर नागरिकता दिने व्यवस्था गरिएको विषयमा पनि आपत्ति जनाए।यसको उद्देश्य उत्तरबाट लामो समयदेखि प्रवेश गरेर नेपालमा बसोवास गरिरहेका करिव ४० हजार मानिसलाई नागरिकता दिनु रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार